
काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्रीलाई भेट्न गोयल बुधबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘प्रेस नोट’ जारी गर्दै गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको प्रष्ट पारेका हुन् ।
भेटका क्रममा गोलयले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छन् ।
गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएर बिहीबार बिहान दिल्ली फर्किसकेका छन् ।
प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोट–















प्रतिक्रिया