११ कार्तिक २०८३, बुधबार

स्याङजामा लुकाई छिपाई राखेको सालको काठ बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङजा, ६ कात्तिक । स्याङजाकाे चापाकोट नगरपालिका-१ खोलेगाउँस्थित जंगलमा लुकाई राखेको ३०६.३४ क्यु फिट बराबरको २ सय १८ थान सालको काठ सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

सालको काठ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरीले उक्त काठ फेला पारी बरामद गरेको जनाएकाे छ ।

बरामद काठ आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय चापाकोट स्याङ्जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।