११ कार्तिक २०८३, बुधबार

काठमाडौं उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने १०३, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६८ र सिसिटिभी निगरानीमार्फत पहिचान भएका ४० सवारीसाधनमाथि कारबाही गरिएको छ ।

त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४, हर्न निषेधको नियम उल्लङ्घन गर्ने ९, सवारीको अवस्था ठीक नभएका ८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने ८ सवारीसाधनमाथि कारबाही गरिएको छ ।

यसैगरी, अन्य शीर्षकमा ३७३ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।