११ कार्तिक २०८३, बुधबार

कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशतले बढ्यो, खराब कर्जामा पनि सुधार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअनुसार बैंकको नाफा गत वर्षको तुलनामा १६.९९ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४३ प्रतिशतले बढेर ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चालु आवको असोज मसान्तसम्ममा बैंकले ११ करोड २ लाख ३६ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ७४ करोड ५८ लाख ८४ हजार रुपैयाँ र सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १५ करोड २१ लाख ६७ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश क्षमता १५.७६ प्रतिशत कायम भएको छ ।

बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २२ करोड ८३ लाख ८७ हजार रुपैयाँ रहेको छ ।

गत असोज मसान्तसम्ममा बैंकले ६७ अर्ब ९० करोड ४७ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ३४ करोड ५३ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब २० करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । यसअनुसार समीक्षा अवधिमा बैंकको निक्षेप २.६० प्रतिशत र कर्जा लगानी ३.९५ प्रतिशतले बढेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २०.४६ रुपैयाँबाट बढेर २३.१३ रुपैयाँ पुगेको छ ।

त्यस्तै, प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.५८ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) समेत घटाएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा ४.४१ प्रतिशत रहेको खराब कर्जा अनुपात चालु आवको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ ।

खराब कर्जा अनुपातमा आएको कमीसँगै बैंकको इम्पेरिमेन्ट चार्ज पनि घटेको छ । गत वर्षको असोज मसान्तमा ११ करोड ६ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालु आवको असोज मसान्तमा घटेर ४ करोड ९४ लाख रुपैयाँ कायम भएको छ ।