सप्तरी, ८ चैत । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सप्तरीको रायपुरस्थित रुपनीमा कार दुर्घटना हुँदा उपप्रधानमन्त्री वामदेव गौतमका स्वकीय सचिवसहित दुई जना गम्भीर घाइते भएका छन् ।
शनिबार राति बरमझियाबाट पेडा लिएर काठमाडौँ जाँदै गरेको बा१झ ८५२४ नंको कार दुर्घटना हुँदा गृहमन्त्री गौतमका स्वकीय सचिव प्युठान जिल्ला निवासी विजयराज विष्ट र कारमै सवार सिरहा पोर्ताहा–५ का अशोक यादव घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।
कार स्वकीय सचिव विष्ट आफैंले चलाएर जाँदै गर्दा अचानक टायर पड्किएर दुर्घटनामा परेको बताइएको छ । घाइते दुवैको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ ।














प्रतिक्रिया