२९ आश्विन २०८३, बिहिबार

२२ लाई वान स्टार प्रशिक्षकको प्रमाण पत्र

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3काठमाडौं, ८ चैत । नेपाल बक्सिङ संघले २२ जनालाई आईबा वान स्टार प्रशिक्षकको प्रमाण पत्र प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले बक्सिङलाई उपलब्ध गराएको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको हो ।

गत जुन ९–१३ तारिखसम्म काठमाडौंमा भएको कोचेज कोर्समा सहभागी १ महिलासहित २२ जनाले परीक्षा दिएकोमा सबै उत्तीण भएका थिए ।

प्रमाण पत्र पाउनेमा हरिशबहादुर चन्द, किशोर लिम्बू, कृष्णसुन्दर प्रजापति, निशा लोहला, राजु थापा, विद्याप्रसाद मर्सानी, डम्बर दत्त भट्ट, किशोर खत्री, रमेश श्रेष्ठ, रमेशदास श्रेष्ठ, साजन लघु, टंकबहादुर बुढा मगर, गोपाल श्रेष्ठ, दीपक राई, निमा तामाङ, राज श्रेष्ठ, सुमन शर्मा बन्जारा, डम्बरबहादुर लिम्बु, हरिचन्द्र खड्का, प्रकाश थापा मगर, तेजबहादुर थापा मगर तथा उमेश लामा रहेका छन् ।

नेपाल बक्सिङ संघका मानार्थ आजीवन अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच प्रमाणपत्र हस्तान्तरण गरे ।

सो अवसरमा बक्सिङ संघका अध्यक्ष राजीव श्रेष्ठले आफूले हासिल गरेको ज्ञान अरुलाई सिकाएर विस्तार गर्नु पर्नेमा जोड दिए ।