२९ आश्विन २०८३, बिहिबार

भृकुटीमण्डपमा आजदेखि पुष्प प्रदर्शनी मेला सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौँ, ७ चैत । पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित आजदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘१८औँ प्लोरा एक्स्पो-२०७१’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा चैत १० गतेसम्म चल्ने प्रदर्शनीको एक सहमारोहबीच कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा विभिन्न थरी फूल, बिरुवा, कट फ्लावर, ड्राई फ्लावर, सुनखरी, मल, बीउबिजन, कृषि औजार, उपकरण, गमला, नर्सरी सजावटलगायत राखिएको छ ।

Sanman Botanical Nurseryसो अवसरमा मन्त्री पराजुलीले कृषि क्षेत्रको महत्वपूर्ण पाटोका रूपमा पुष्प व्यवसायको विकास गर्न र विदेशमा समेत नेपालको पुष्प व्यवसायको प्रवद्र्धन गर्न मेला सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले ग्रामीण क्षेत्रको जीवनस्तर विकास गर्ने र कृषिमा आधुनिकीकरण गर्ने नीति सरकारले लिएको जानकारी दिँदै पुष्प व्यवसायको विकासका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले प्रचुर सम्भावना बोकेको पुष्प व्यवसायको विकासका लागि सरकारले २०६० सालमै पुष्प विकास केन्द्र गठन गरेको तथा २०६९ सालमा ‘पुष्प प्रवद्र्धन नीति’ जारी गरी त्यसको कार्यान्वयन सुरु गरिसकेको बताउनुभयो ।

Ajima Nurseryएसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले नेपालको पुष्प व्यवसायको उत्पादन वृद्धि गर्न र बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको जानकारी दिनुभयो ।

मेलामा ६५ वटा व्यावसायिक कक्ष, १० वटा सूचनामूलक कक्ष र प्रतिस्पर्धात्मक व्यावसायिक कक्ष तीन गरी जम्मा ७८ वटा कक्ष रहेका छन् ।

प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने र ६० लाखभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकले बताएका छन् ।

1 2   5