
काठमाडौँ, २८ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ९ सय ९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ गरी उपत्यकामा १ हजार ४ सय ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर वुधबार थप २ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ६ सय ७५ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया