काठमाडौँ, ७ चैत । विश्वकै युवा नेताको सूचीमा परेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सभासद् गगन थापा प्रहरीको अनुसन्धान घेरामा रहेका राजधानीका डनसँगै देखा परेका छन् ।
शुक्रबार काभ्रेको ज्याम्दी गाविसको कार्यक्रममा सभासद् थापा डन अजयनमान श्रेष्ठसँगै देखिएका हुन् । प्रहरीले डनको सूचीमा राखेर अनुसन्धान गरिरहेका श्रेष्ठले नै थापालाई काभ्रे लिएर स्रोतको दाबी छ । थापा र उनले सँगै खिचाएको फोटो पनि सार्वजनिक भएको छ । डन श्रेष्ठलाई काठमाडौँका क्यासिनोबाट करोडौँ अकुत रकम कमाएको अभियोग छ । सोही अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत सबै सम्पत्ति रोक्का गरेपछि कारबाहीबाट बच्न श्रेष्ठ काँग्रेसको राजनीतिमा सक्रिय हुन थालेका छन् ।
काठमाडौँका डन कुमार घैंटे, संजीव स्याल लगायतसँग पनि सभासद थापाको राम्रो सम्बन्ध रहेको स्रोतले बतायो । उनीहरुले चुनावमा पनि थापालाई सघाएका थिए । थापालाई बेलाबखत डनलाई संरक्षण गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ ।
















प्रतिक्रिया