८ कार्तिक २०८३, आइतबार

नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अनिवार्य बैंकमार्फत दिन निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा स्वास्थ्यकर्मीको तलवभत्ता अस्पतालहरुले अनिवार्य बैंकमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्थाका लागि पत्र पठाएको छ ।

नेपाल नर्सिङ संघले नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको भन्दै समस्या समाधानका लागि पहल गरेको थियो । संघको अनुरोध गरेपछि स्वास्थ्य मन्त्रालयले तलवभत्ता बैंक मार्फत भुक्तानी गराउन सम्वन्धित निकायलाई निर्देशन दिन पत्र पठाएको हो ।

मन्त्रालयले गुणस्तर मापन नियमन महाशाखा, समन्वय महाशाखा, स्वास्थ्य सेवा विभाग र अनुगमन तथा मुल्यांकन शाखालाई पत्र काटेको छ ।

मन्त्रालयले मातहतका ४ विभागलाई सम्बन्धित अस्पताल वा स्वास्थ्य संस्थाहरुले त्यहाँ कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीको तलवभत्ता बैक मार्फत भुक्तानी गरेको विवरण पठाए मात्र स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० अनुसार अस्पताल संचालन स्वीकृति तथा नविकरण गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

यस्तै, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेज र अन्य स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपकरणको आयात अनुमती, भन्सार छुट लगायतका सुविधाको सिफारिस गर्नु अघि अनिवार्य रुपमा त्यस अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको तलवभत्ता बैकिंङ प्रणाली मार्फत भुक्तानी गरेको कागजात प्राप्त भएपछि मात्र गर्न दिइने भएको छ ।

निजी तथा गैर सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुलाई न्यून तलव दिई शोषण गरेको, समयमा तलव नदिएको भनि लिखित तथा मौखिक निवेदन मार्फत जानकारी आएको भन्दै समस्या समाधान गरिदिन संघले मन्त्रालयलाई अनुरोध गरेको थियो ।