८ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय सीमा नाका र उडान अझै एक महिना बन्द गर्ने सरकारको निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । सरकारले अन्तर्राष्ट्रिय नाका तथा अन्तर्राष्ट्रिय उडान कात्तिक मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोनाभाइरसको महामारी थप बढ्न नदिन अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

यसअघि सरकारले असोज मसान्तसम्म नाका नखुलाउने निर्णय गरेको थियो ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, बैठकले आम नागरिकलाई जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान आग्रह गर्ने निर्णय पनि गरेको छ ।