८ कार्तिक २०८३, आइतबार

सार्वजनिक यातायातमा अब सिटभरी यात्रु राख्न दिने सरकारको निर्णय

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ असोज । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि आधा सिटमा मात्रै यात्रू राख्न अनुमति दिएको थियो । अब भने स्वास्थ्य मापदण्ड अपनाएर पुरै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा पुरानैै दरमा लिनुपर्ने निर्णय भएको छ ।