
धादिङ, २६ असोज । धादिङमा कोरोनाका कारण एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङबेंसीका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवक रहेका छन् ।
निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका उनलाई असोज २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
उनको सोमबार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै धादिङका ७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।















प्रतिक्रिया