
काठमाडौँ, २६ असोज । नेपालमा हाल ३३ हजार ८ सय ८० जना सक्रिय कोरोना संक्रमितहरु रहेका छन् ।
जसमध्ये १० जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु रहेका छन् । उता मनाङमा भने सङ्क्रमण शून्य रहको छ ।
यसअघि मुस्ताङमा पनि शून्य सङ्क्रमण रहेकोमा आज १ जना पुरुषमा सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा प्रत्येकमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।
कोभिड–१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिने अन्य जिल्लामा प्रदेश १ बाट मोरङ र सुनसरी, बागमती प्रदेशबाट काठमाडौँ उपत्यकाका तीनै जिल्लालगायत चितवन र मकवानपुर, लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही तथा कर्णाली प्रदेशबाट सुर्खेत रहेका छन् ।















प्रतिक्रिया