
काठमाडौं, २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
हिजो आइतबार नेकपाकै १८ जना प्रदेश सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड सोमबार बिहानै बालुवाटार पुगेका थिए ।
तर, दुई अध्यक्षबीच करिब ३ घण्टा चलेको छलफल भने विनानिष्कर्ष टुंगिएको छ । स्रोतका अनुसार प्रचण्डले ओलीलाई कर्णाली प्रदेशको पार्टीभित्र देखिएको समस्या समाधान गर्न आग्रह गरेको बताइएको छ ।
पछिल्लो स्थायी कमिटी बैठकको मर्म, भावना तथा सचिवालय बैठकको म्यान्डेटअनुसार पार्टी चल्नुपर्नेमा जोड दिँदै दाहालले कर्णालीको जे जस्तो समस्या हो त्यो चाँडो समाधान गर्न आग्रह गरेका छन् ।
पार्टी केन्द्रका नेताहरुको निर्देशनमा समस्या उत्पन्न भएको निष्कर्षमा पुगेका पूर्वमाओवादीका नेताहरुले कर्णालीको समस्या समाधान नभए पार्टीभित्र चरम विवाद सृजना भइ पार्टी एकीकरणमा धक्का पुग्ने बताउन थालेका छन् ।
यो पनि पढ्नुहोस्















प्रतिक्रिया