काठमाडौं, ७ चैत । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वलाई जिल्ला निर्माण व्यवसायी संघ ललितपुरले सम्मान गरेको छ ।
शनिवार राजधानीमा भएको कार्यक्रममा महासंघको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको कार्यकालको सफलताको कामना पनि गरेका छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव अधिकारीले खादा तथा जिल्ला निर्माण व्यवसायी संघ ललितपुरका अध्यक्ष नवराज खड्काले टीका लगाइदिएर नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको सम्मान गर्नुभएको हो ।
गएको मंसिर २७ र २८ मा राजधानीमा भएको १७ औ साधारण सभाले शरदकुमार गौचनको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ महासंघको नयाँ नेतृत्व चयन गरेको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी यादव अधिकारीले मुलुकको आर्थिक सवलीकरणको मेरुदण्ड निर्माण व्यवसायीहरु नै भएकाले उनीहरुका जायज माग पुरा गर्न राज्य तयार हुनुपर्ने बताउनुभयो ।
महासंघका अध्यक्ष शरदकुमार गौचनले व्यवसायीहरुबीचको एकता नै आजको आवश्कयता भएको बताउनुभयो ।
जिल्ला निर्माण व्यवसायी संघ ललितपुरका सल्लाहकार कृष्णकुमार केसीले गौचन नेतृत्वको कार्य समितिले देशभरका १७ हजार व्यवसायीको हकहितका लागि ठोस काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया