काठमाडौं, ७ चैत । विश्वकप क्रिकेट अन्तर्गतको अन्तिम क्वाटर फाइनलको खेलमा न्यूजिल्याण्डले वेष्टइण्डिजसामू ३९४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेलमा ६ विकेटको गुमाउँदै ३९३ रन बनायो ।
न्यूजिल्याण्डका मार्टिन गुप्टिलले विश्वकप क्रिकेटमा दोहोरो शतक हानेका छन् । वेष्टइण्डिजविरुद्ध ओपनर गुप्टिलले १५२ बलमा २१ चौका र ८ छक्काको मदतमा २०० रन पुरा गरेका हुन् ।
उनले सर्वाधिक २३७ रन बनाएका छन् । यसअघि वेष्टइण्डिजका क्रिस गेलको २१५ रनको रेकर्ड पनि गुप्टिलले तोडेका छन् । अहिले वेष्टइण्डिज जवाफी व्याटिङमा छ ।















प्रतिक्रिया