३१ आश्विन २०८३, शनिबार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १८ असोज । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज १६ गते उनलाई कोरोना संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या भई कोभिड आइसियूमा भर्ना गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म चितवनका २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।