
काठमाडौं, १६ असोज । काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित एक सहकारीले करिब रू. ४ करोड रुपैयाँ शेयर तथा निक्षेप उठाएर फरार भएको छ ।
चन्द्रागिरि–१२ मा अवस्थित बन्दना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफूहरुको शेयर तथा निक्षप रकम लिएर फरार भएको पीडितहरुले बताएका छन् । स्थानीयहरु दिनदिनै सहकारीको कार्यालय धाउने गरे पनि सम्बन्धित व्यक्तिहरु फरार रहेको उनीहरुको भनाइ छ ।
अधिकांश भाडामा बस्नेहरुले रकम जम्मा गरेको उक्त सहकारीले बचत फिर्ता दिन नमानेपछि जटिल समयमा थप समस्यामा झेल्नुपरेको पीडितहरु बताउँछन् । कतिपयको घरभाडा तिर्ने तथा बालबच्चाको विद्यालय शुल्क तिर्नेगरी बचत गरे पनि उनीहरुले अहिले पैसा पाउन सकेका छैनन् ।
सहकारीमा पैसा लिन बचतकर्ताको लाम लागेपछि सहकारीका प्रबन्धनिर्देशक र अन्य व्यक्तिहरु फरार रहेको बताइएको छ । मिडियामा गएर केही नहुने भन्दै फोनमा उल्टै धम्की दिने गरेको पीडितहरु बताउँछन् ।















प्रतिक्रिया