३१ आश्विन २०८३, शनिबार

कुटपिटमा संलग्नलाई प्रहरीले दियो उन्मुक्ति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १६ असोज । वडा प्रहरी कार्यालय श्रीपुरले कुटपिटमा संलग्नहरूलाई उन्मुक्ति दिएपछि प्रहरीप्रतिको जनविश्वास गुम्न थालेको छ ।

नेपाल पत्रकार महासंघको सभाहलमा शुक्रबार पीडित राकेश साह र रमेश पासवानले पत्रकार सम्मेलन गरी सो गुनासो गरेका हुन ।

घटना विवरण अनुसार असोज १३ गते बिहान ८ः३० बजे रमेश पासवानका छोरा अजय पासवानलाई बाटोमो कुटपिट गरिरहेको देखेपछि सुजित साहले झगडा छुट्याएपछि केही समय पछि वीरगञ्ज २३ प्रसौनी बिर्ताका ईमरान अन्सारी, ईरफान अन्सारी, खुरसिद अन्सारी, नुरसिद अन्सारी, ग्यासुदिन मियाँ, मनिफ अन्सारी र कमरोदा अन्सारी सहितको हुलले स्थानीय राकेश साहको घरमा प्रवेश गरी ३ बर्षकी छोरी आरुषि साह, भाइ सुजित साह, आमा धर्मशिलादेवी स्थानीय अजय पासवान र निरज श्रेष्ठलाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते सुजित साह

कुटपिटबाट गम्भिर घाइते धर्मशिलादेवी र सुजित साहको वीरगञ्ज न्यूरो हस्पिटल पानी टांकी र अजय पासवानको सूर्य हस्पिटलमा उपचार भइरहेको छ ।

कुटपिट गर्नेबिरुद्ध जाहेरी दिँदा समेत प्रहरीले जाहेरी नलिइ थप पीडा दिने काम गरेको पत्रकार सम्मेलनमा पीडित राकेश साहले बताए । वडा प्रहरी कार्याल श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले पक्राउ गरिएका ४ जनालाई समेत छोडेर पीडितलाई थप पीडा दिने काम गरेको पत्रकार सम्मेलनमा पीडित साहले जनाएका छन् ।

पीडितको उपचार भइरहेको बेला आक्रमण गर्नेलाई उन्मुक्ति दिई घटना दबाउन प्रहरीे नै सक्रिय रहनुले प्रहरी नै दोषीलाई उन्मूक्ति दिने र निर्दोषलाई झन् त्रसित बनाउने काममा लाग्नुले कानूनी राजको समेत उपहास भएको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् ।

असोज १८ गते आइतबारसम्म प्रहरीले जाहेरी लिएन भने स्थानीय न्यायका पक्षधरको बीचमा जाने र सडक आन्दोलन गर्ने चेतावनी समेत पत्रकार सम्मेलनमा अर्का पीडित रमेश पासवानले दिएका छन् । पत्रकार सम्मेलनमा स्थानीय प्रहलाद गुप्ता लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।