३१ आश्विन २०८३, शनिबार

ओली–प्रचण्डबीच बालुवाटारमा छलफल जारी, निष्कर्षमा पुग्लान त ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी बिहीबार राजदूतहरू सिफारिस गरेपछि ओलीलाई भेट्न आज बिहानै प्रचण्ड बालुवाटार पुगेका हुन् । त्यसो त मन्त्रिम(डल पुनर्गठनका विषयमा पनि दुई अध्यक्षबीच केही दिनयता निरन्तर छलफल छलिरहेको छ । यद्यपि, उनीहरु कुनै निष्कर्षमा भने पुगिसकेका थिएनन् ।

ओलीले एकपक्षीय रुपमा राजदूतहरु सिफारिस गरेपछि नेकपाभित्र पुनः असन्तुष्टि पैदा भएको छ । आजको भेटमा प्रचण्डले ओलीसँग विशेषगरी राजदूत सिफारिसका विषयमा छलफल गर्ने बताइएको छ ।

साथै मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि थप छलफल हुने बताइए पनि नेताहरु कुनै निष्कर्षमा पुग्ने सम्भावना अहिले देखिँदैन ।

किनभने प्रचण्डले बामदेवलाई मन्त्री बनाउने इच्छा निरन्तर व्यक्त गर्दै आएका छन् । तर, बामदेवविरुद्ध सर्वोच्चमा रिट निवेदन विचाराधीन भएकाले अहिल्यै निष्कर्षमा पुग्न प्रचण्ड नै नचाहेको स्रोतहरुको भनाइ छ ।

बामदेवको रिटमा पनि आज शुक्रबार सुनुवाइ हुने बताइएको छ ।