३१ आश्विन २०८३, शनिबार

पाकिस्तानी सेनाको हमलामा परी कश्मीरमा ३ जना भारतीय सैनिकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १६ असोज । भारतप्रशासित कश्मीरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाले गोली चलाउँदा ३ जना भारतीय सैनिकको ज्यान गएको छ ।

भारतीय सेनाका प्रवक्ता राजेश कालियाले नोगाम क्षेत्र र पूच क्षेत्रमा पाकिस्तानी सैनिकले गोली प्रहार गर्दा बिहीबार ३ जना भारतीय सैनिकहरु मारिएको बताए । उक्त घटनामा थप ४ जना भारतीय सैनिक घाइते भएका छन् ।

भारतीय सेनाका तर्फबाट पनि कडा प्रतिकार गरिएको प्रवक्ता कालियाले बताएका छन् । पाकिस्तानले भने भारतीय सैनिकले उक्त क्षेत्रमा जारी युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । ती घटनामा सर्वसाधारण पनि घाइते भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

तर, घाइते सर्वसाधारण को–को छन् भन्नेबारे समाचारमा स्पष्ट पारिएको छैन ।