
काठमाडौं, १६ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै आज दिनभर मौसम बदली रही विभिन्न ठाउँमा वर्षाको सम्भावना औंल्याएको छ ।
उत्तरपश्चिम वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले हाल देशका पहाडी भूभाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिकदेखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।
यसैगरी, शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यस्तै, शुक्रबार राति प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाको छ ।
साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको छ ।















प्रतिक्रिया