
विराटनगर, १५ असोज । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पनि घरमै बसेकी मोरङ उर्लाबारी नगरपालिका–२ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमा बसेकी थिइन् । उनको बिहीबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।















प्रतिक्रिया