
काठमाडौं, १५ असोज । रानीपोखरीको बीच भागमा निर्माण गरिएको बालगोपालेश्वर मन्दिरमा आज गजुर राखिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पले ध्वस्त बनाएको रानीपोखरी र उक्त मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै आज गजुर राखिएको हो । योसँगै अब रानी पोखरीको समग्र निर्माण अन्तिम चरणमा पुगेको बताइएका छ ।
केही दिनअघि मात्र रानीपोखरीमा पानी भरिएको थियो । बिहीबार रानीपोखरीमा रहेको मन्दिरको शीरमा गजुर स्थापना गरिएको हो । गजुर स्थापनाअघि धार्मिक विधिअनुसार पूजा गरी गजुरलाई स्थापना गरिएको हो ।















प्रतिक्रिया