
काठमाडौं, १५ असोज । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
सरकारको निर्णयसँगै यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन् ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो । मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए ।















प्रतिक्रिया