
वीरगञ्ज, १५ असोज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा रौतहटका कोरोना संक्रमितको मृत्यु भएको छ ।
रौतहटको ईशनाथ नगरपालिका–४ का ७४ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको बताइएको छ ।
असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो । विरामी भएर नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका उनको असोज ८ गते पीसीआरका लागि स्वाब संकलन गरेर परीक्षण गरिएको थियो ।















प्रतिक्रिया