३१ आश्विन २०८३, शनिबार

१० बजे क्याबिनेट बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । मन्त्रिपरिषद्को नियमति बैठक बिहीबार बिहान १० बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा छलफल हुने विषयबारे भने केही खुलाइएको छैन । यद्यपि, मन्त्रिमण्डल पुनर्गठन र मन्त्रालय छिन्नभिन्न बनाउने विषयमा छलफल गरी पारित गर्ने स्रोतको भनाइ छ ।

यस्तै मुख्यसचिव नियुक्ति, राजदूत नियुक्तिलगायत विषय पनि आजको मन्त्रिपरिषद् बैठकको प्रस्ताव रहेको बुझिएको छ ।

मन्त्रिपरिषद्का अधिकांश नियमित बैठक दिउँसोमा बस्ने गरेको भए पनि आज बिहानै बोलाइएको छ ।