काठमाडौँ, ६ चैत । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले डिभी तथा स्थायी बसोबास अनुमतिपत्र (पिआर) लिएको खण्डमा उसलाई जनताको करबाट जाने एक पैसा पनि सुविधा नदिने उद्घोष गर्नुभएको छ ।
सूचना तथा सञ्चार क्लव नेपालको साताँै वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘दोहोरो नागरिकता र विवाद’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, “दोहोरो नागरिकतासम्बन्धी विधेयक तयार हुदैँछ, संसदको अधिवेशन सुरु भएपछि यसले पूर्णता पाउनेछ, कुनै हालतमा दोहोरो नागरिकता दिइनुहुन्न यसले राष्ट्रिय अखण्डतालाई कमजोर तुल्याउछ ।”
मन्त्री पण्डितले २०५७ सालमै टुङ््गिएको दोहोरो नागरिकताको विषय पुनः चर्चाको विषय बनाइनु बिडम्बना हो भन्दै कुनैपनि नागरिक एक राष्ट्रको मात्र नागरिक हुनसक्ने उल्लेख गर्नुभयो ।














प्रतिक्रिया