३१ आश्विन २०८३, शनिबार

आजको मौसम : केही प्रदेशमा सामान्य वर्षाको सम्भावना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार देशका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको बताएको छ
।

महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । यसैगरी, बिहीबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका केही स्थानहरूमा सामान्य बर्षाको सम्भावना रहेको छ ।

यस्तै, बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी क्षेत्रका केहस् स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।