
काठमाडौं, १४ असोज । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनाको विद्युत् महसुल असोज २२ गतेसम्म तिर्दा जरिवाना नलाग्ने बताएको छ ।
भदौमा देशका धेरैजसो ठाउँमा लकडाउन र निषेधाज्ञा भएकाले मिटर रिडिङ तथा बिलिङ समयमा हुन नसक्दा उपभोक्तालाई महशुल तिर्न समस्या भएकाले यस्तो निर्णय गरिएको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका अनुसार २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा छूट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी २०७७ असोज २२ गतेसम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर लाग्ने छैन । यस्तै असोज २३ गतेदेखि ३० गतेसम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको बताइएको छ ।
कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महसुल भुक्तानी गर्दा थप दस्तुर यसअघि तिरेको भए थप दस्तुर आगामी बिलमा समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ ।
यो पनि पढ्नुहोस्















प्रतिक्रिया