
काठमाडौं, १४ असोज । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनका लागि मौसमबारे सूचना जारी गरेको छ ।
बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकाले आज देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही १/२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
यस्तै बिहीबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको बताइएको छ ।
त्यसैगरी शुक्रबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।















प्रतिक्रिया