
काठमाडौं, १३ असोज । काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ लगाएर लोकल भन्दै विक्री गर्ने भारतीय नागरिक पक्राउ गरेका छन् ।
ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काँठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूहका एक जनालाइृ पक्राउ गरिएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार सेतो चल्लालाई कालो र रातो रङ लगाउँदै गर्दा कलंकी एरियाबाट प्रेम सिलादेवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई पक्राउ गरेको हो ।
तयारी गरेको र रङ लगाउन बाँकी २८ हजार ६०० वटा चल्ला बरामद गरिएको प्रहरीले बताएको छ । ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महँगोमा विक्री हुँने हुँदा आफ्नो फाइदाका लागि उनीहरुले गलत काम गरेको प्रहरीको भनाइ छ ।
उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा खरिद गरी ल्याएको चल्ला २०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म विक्रीवितरण गर्ने गरेको पाइएको छ ।
उनीहरुलाई कानूनअनुसार कारबाही हुने प्रहरीले बताएको छ ।















प्रतिक्रिया