३१ आश्विन २०८३, शनिबार

शर्ट मूभी ‘बेरोजगारी पीडा’ सार्वजनिक (मूभीसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । हालको परिस्थितिलाई दृष्टिगत गर्दै समाजमा परेको बेरोजगारीप्रतिको असरलाइ समेट्नेगरी हालै गान्धिभ प्रोडक्सन र एलएन्ड एन मोडेल एजेन्सीले आफ्नो तेश्रो छोटो चलचित्र ‘बेरोजगारी पीडा’ रिलिज गरिएको छ ।

उक्त चलचित्रका मुख्य पात्रका रुपमा कलाकार तथा समाजसेबी गान्धिभ सुवेदीका साथै मनिषा लकान्द्री, नुर भण्डारी, निशा कार्की, रेणु थापा, बाल कलाकारका रुपमा लक्क्ष कर्ण रहेका छन भने रोमियो एन.के (नितिन)आफू स्व्यंले पनि अभिनय गरेका छन । उक्त चलचित्रको छायांकन र सम्पादन दिपक अधिकारीले गरेका छन भने श्रृंगार पक्ष एलिजा महर्जनको रहेको छ ।

लकडाउन खुकुलो भएसंगै उक्त चलचित्र सामाजिक दूरी कायम गर्दै ग्वार्को इमाडोलस्थित आँगन पार्टी भेन्यु एन्ड रेस्टुराँका साथै आसपासका क्षेत्रमा छायांकन गरिएको बताइएको छ ।

चलचित्रलाई गान्धिभ सुवेदी नामक युट्युब च्यानल बाट रिलिज गरिएको छ ।