३१ आश्विन २०८३, शनिबार

सिडी विजय अधिकारीको दशैं कोशेली ‘सम्झेर सानु’ सार्वजनिक (भिडियो)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेर गीत रचना र संगीत सृजनामा सक्रिय रहेका दिल खड्काले शब्द संगीत यो गीतमा छ । गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् ।

सेसन्मेन्टल भर्सनको यस गीतमा सुखी जीवन बिताउने सपना देखेर बिदेशिएका परदेशीहरुको भावना सुन्न सकिन्छ । धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रिय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ती प्रिय मान्छेहरुप्रति यो गीत समर्पित रहेको बताइएको छ ।

म्यूजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । कला, साहित्य र संगीतको प्रवर्दनमा समर्पित जीटुजी मिडियाको अफिसियल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो–