
धरान, १३ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गरिंदै आएको उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।















प्रतिक्रिया