३१ आश्विन २०८३, शनिबार

कोरोना संक्रमण जितेर ५४ हजार ६४० जना डिस्चार्ज

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर हालसम्म ५४ हजार ६४० जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारको नियमित प्रेस व्रिफिङमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७४२ जना निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ५४ हजार ६४० पुगेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

निको हुने संख्याको यो ७३ दशमलव १ प्रतिशत हो । सरकारले हालसम्म ९ लाख ९८ हजार ४०७ जनामा आरटी–पीसीआर परीक्षण गरिसकेको छ ।

प्राडा गौतमका अनुसार हालसम्म देशमा परीक्षण भएकामध्ये पोजेटिभ केस भने ७४ हजार ७४५ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ छ । त्यसमध्ये १० हजार ९२९ जना होम आइसोलेसन तथा ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् ।