३१ आश्विन २०८३, शनिबार

दशैंलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १२ असोज । सरकारले दशैंका लागि लक्षित गरेर सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरेको छ ।

निजी क्षेत्रलाई समेत समेटेर उपत्यकाभित्र विभिन्न स्थानमा १० वटा यस्तो पसल सञ्चालन गर्न लागिएको हो । यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त पहल भइरहेको बताइएको छ । यसबारे दुई संस्थाबीच आधारभूत सहमति भइसकेको समेत बताइएको छ ।

समझदारी अनुसार ‘खाद्यको ५ वटा, साल्ट ट्रेडिङको ५ वटा र केही थप निजी तथा सहकारी साझेदारीमा सहुलियत पसल सञ्चालन गर्नेबारे तयारी गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बताएको छ ।

साथै दुग्ध विकास संस्थाले पनि संयुक्तरुपमा सहुलियत पसल सञ्चालन गर्न सक्ने बताइएको छ । सहुलियत पसलका अलवा खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैंमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ ।