
चितवन, १२ असोज । चितवन प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी सूर्यबहादुर थापासहित ८ जना प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार राति सार्वजनिक भएको रिपोर्टमा उनीहरूमा कोरोना पुष्टि भएको हो । संक्रमित सबै प्रहरीलाई कार्यालय भित्रकै आइसोलेसन कक्षमा राखिएको छ ।
यसअघि वडा प्रहरी कार्यालय नारायणगढका २६ जना प्रहरीमा संक्रमण देखिएको थियो । यो सँगै चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ७०० नाघेको छ ।















प्रतिक्रिया