
काठमाडौं, १२ असोज । सानिमा बैंकले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।
बैंकले ‘यो पालिको दशैंमा क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ भन्ने नारासहित क्रेडिट कार्ड जारी गर्ने बताएको छ । यो योजना आज (असोज १२ गते) देखि असोज मसान्तसम्म आवेदन दिने सबै ग्राहकले प्राप्त गर्न सक्ने बताइएको छ ।
साथै सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जनाएको छ ।
यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल ‘दराज’ मा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५०० रुपैयाँको निःशुल्क भौचरसमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
सानिमा बैंकको ७ वटै प्रदेशमा हाल ८२ वटा शाखा, १५ वटा विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुराँ आदिमा छूट प्राप्त गर्ने सक्ने व्यवस्था रहेको छ ।















प्रतिक्रिया