३१ आश्विन २०८३, शनिबार

सीमा सुरक्षाका लागि चितवनका दुई स्थानमा एपीएफको बीओपी स्थापना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ असोज । भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

सरकारले देशभर सीमा क्षेत्रमा सशस्त्र प्रहरी (एपीएफ) का बीओपी थप गर्ने निर्णय गरेसँगै चितवनमा पनि दुई वटा बीओपी थपिएको हो । माडी नगरपालिका–९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा बीओपी स्थापना गरिएकाको हो ।

गढीमाई बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले बीओपी स्थापना भएसँगै एउटा बीओपीले लामो दूरीको सुरक्षा दिनुपर्ने बाध्यता हटेको र सीमा सुरक्षा थप मजबुत बन्ने बताए ।