३१ आश्विन २०८३, शनिबार

७८ हजार ३४३ नेपालीको उद्धार

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । हालसम्म सरकारले ७८ हजार ३४३ जना नेपालीको विदेशबाट उद्धार गरेको छ ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तहरुकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार गरिएको हो ।

नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरु र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त पहलमा विभिन्न ३२ वटा देशमा अलपत्र परेका ७८ हजार ३४३ जनाको नेपालीको उद्धार गरिएको एनआरएनएले बताएको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण भए लगत्तै गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा सक्रिय रहेको संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले विदेशस्थित नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका राष्ट्रिय शाखा, विदेशका विभिन्न अस्पतालमा कार्यरत नेपाली चिकित्सक, सामाजिक संघसंस्था लगायतबाट प्राप्त सूचनाको आधारमा विगत २४ सातादेखि लगातार विदेशमा कोरोना भाइरसबाट प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्दै आएको छ ।