
काठमाडौं, ११ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले नेपालमा हावाबाट कोरोनाको संक्रमण नसर्ने बताएको छ ।
हावाबाट संक्रमण सर्छ भन्दै नेपालका विभिन्न अनलाइन मिडियामा आएका समाचारप्रति सत्यता नभएको प्रष्ट पार्दै समितिले दुई मिटरभन्दा टाढाको दूरी मेन्टेन गर्दा कोरोना संक्रमण नसर्ने स्पष्ट पारेको छ ।
समितिका संयोजक डा. संजीव सापकोटाले भने, ‘दुई मिटर (६ फिट) सम्मको दूरीमा एक अर्काका कोरोना भाइरस सर्दैन । कोनोना भाइरस हावाबाट अर्कोमा सर्ने सम्भावना निकै कम हुन्छ ।’
स्वास्थ्य समितिले कोरोना संक्रमणको जोखिम उच्च रहेको जानकारी दिँदै बाहिर निस्कने समय मास्क लगाउन (फेस कभर) गर्न पनि आग्रह गरेको छ ।
कोरोनाका कारण विश्वव्यापी लकडाउनपछि आत्महत्यामा भएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गर्दै आफ्नो परिवारभित्र एकले अर्कोलाई प्रशस्त समय दिन पनि समितिले सुझाव दिएको छ ।















प्रतिक्रिया