३१ आश्विन २०८३, शनिबार

करिब १ लाख नगदसहित १३ जुवाडे पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ११ असोज । दाङको तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप(महानगरपालिका–६ मा रहेको भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।

सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ९८ हजार ९५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उप–महानगरपालिका–६ का रोशन बुढाथोकी, भरत विक, हेमन्त शाही, सुशील ओली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उप–महानगरपालिका–१३ का मालबहादुर ओली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र दीपक ओली रहेको प्रहरीले जनाएको छ ।