३१ आश्विन २०८३, शनिबार

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितका संख्या १ हजार ८५

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ११ असोज । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ ।

शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ हजार नाघेको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका २, डोटीका १५ र अछामका १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ८८३ पुगेको छ । विभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ८८३ पुगेको हो ।