३१ आश्विन २०८३, शनिबार

लेबनानका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामाको घोषणा गरेका छन् ।

नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उनले राजीनामा दिएका हुन् । लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ ।

सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो ।