काठमाडौं, ११ असोज । लेबनानका प्रधानमन्त्री मुस्तफा अदीबले राजीनामाको घोषणा गरेका छन् ।
नयाँ मन्त्रिमण्डलको गठन गर्ने जिम्मेवारीबाट पछि हट्दै उनले राजीनामा दिएका हुन् । लेबनानमा पछिल्ला दशकहरुमा सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिएको छ ।
सुधारवादी सोचको नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बनेका मुस्तफा अदीबले आफ्नो प्रयास विफल भएपछि राजीनामाको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अगष्ट ३१ मा चयन भएदेखि नै मुस्तफा अदीबले अरबौं डलरको वैदेशिक सहायतालाई निरन्तरता दिन आवश्यक सुधारहरू गर्न नयाँ मन्त्रिपरिषद् गठन गर्न दबाब थियो ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस