
काठमाडौं, १० असोज । सार्वजनिक यातायातले लामो तथा मध्यम दूरीका लागि दंशैंको अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएका छन् ।
हाल अधिकांश मानिसले काठमाडौं उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ठहर गर्दै कात्तिक लागेपछि मात्रै अग्रिम टिकट खुला गर्ने मनस्थितिमा पुगेको हो ।
क्याम्पस तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौंमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासंघको भनाइ छ । विगतका वर्षमा जस्तो यसपालीको दशैंमा यात्रुको त्यति चाप नहुने महासंघले बताएको छ ।
दशैंका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्न पाउनुपर्ने माग आफूहरुको रहेको महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ ।
आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने महासंघको अनुमान छ ।
यो वर्ष दशैंको फूलपाती कात्तिक ७ गते परेको छ ।















प्रतिक्रिया