३१ आश्विन २०८३, शनिबार

पहिरोका कारण बुटवल–तानसेन सडक अवरुद्ध

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १० असोज । रातभरको भीषण वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको छ ।

उक्त सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको प्रहरीले बताएको छ । बुटवल तानसेन सडकखण्डमा पर्ने तिनाउ गाउँपालिका बिभिन्न ठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय प्रदेश ५ बुटवलले जनाएको छ ।

कार्यालयका अनुसार रातिदेखी नै तिनाउ गाउँपालिका १३ चरचरे, पावर हाउस, सिसुवा, पानीमिल, गौडेपुल, सिद्धबाबा मन्दिरलगायतका ठाउँमा पहिरो खसेको छ ।