
धरान, १० असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बिराट मेडिकल कलेज बिराटनगरबाट रिफर भएर आएका ती पुरुष असोज ८ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।
प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणबाट उनमा संक्रमण देखिएको थियो । मृतकमा पुरानो कुनै पनि रोग नभएको अस्पतालले जानकारी दिएको छ ।















प्रतिक्रिया