३१ आश्विन २०८३, शनिबार

महालक्ष्मी विकास बैंकको शाखा सिराहाको गोलबजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । महालक्ष्मी विकास बैंकले सिराहाको गोलबजारमा नयाँ शाखा स्थापना गरेको छ ।

बैकिङ सेवाको पहुँच देशभर पुर्याउने उद्देश्यबमोजिम गोलबजार नगरपालिका–४ मा नयाँ शाखा सञ्जाल विस्तार गरेको बैंकले बताएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । यी शाखाहरुबाट बैंकले आफ्ना करिब ५ लाखभन्दा बढी ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको बैंकले बताएको छ ।